Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,१० जेठ २०७८ । मुलुकभर आज ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको जनाइएको छ । एकैदिन ७ हजार १ सय ३५ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ८ सय ४६ जना र एन्टिजेन परिक्षणबाट ६ सय ७ जना गरि कुल २० हजार ४ सय ५३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २९ लाख ३६ हजार ३ सय १४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख ८७ हजार ९ सय ३ जनाको र निजी बाट ११ लाख ४८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ९ सय २४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १५ हजार ४ सय ४७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार ७१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ७६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय ९७ जना आइसियुमा र ४ सय ६७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ८५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments