Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

१० जेठ २०७८ । अमेरिकी जासूसी कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहान प्रयोगशालाका तीन शोधकर्ता बिरामी परेको दावी गरेको छ ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीनजना शोधकर्ता सन् २०१९ नोभेम्बरमा बिरामी भएपछि अस्पतालको मद्दत मागेको उल्लेख गरिएको छ ।

रिपोर्टमा प्रयोगशालाका बिरामी, शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण समेत उल्लेख गरिएको छ । सोही प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको आशंका अमेरिकाले गर्दै आएको छ ।

यसैबीच अमेरिकाको संक्रामक रोग विशेषज्ञ डा।एन्टोनी फाउजीले कोरोना भाइरस प्राकृतिक नभएको दाबी गर्नुभएको छ । उहाँले कोरोना भाइरस प्राकृतिक नभई प्रयोगशालामा तयार गरिएको हुन सक्ने आशंका गर्नुभएको हो ।

हालसम्मको अध्ययन अनुसन्धानबाट चीनमा कोरोना भाइरस जनावर वा मानिसबाट सरेको देखाए तापनि यसमा आफुले बिश्वास गर्ने कुनै आधार नदेखेको डा फाउजीको भनाइ छ ।एजेन्सी

 

तपाईको प्रतिक्रिया