Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

१०, जेठ २०७८। भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको जनाएको छ।

सन् २०२० को मार्च १० मा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएदेखि महामारीका दोश्रो लहरसम्म आइपुग्दा भारतमा संक्रमण र मृत्युदर बढ्दै गएको छ ।

हिजामात्र भारतमा ३ हजार ७ सय ४१ जनाको मृत्यु भएको थियो भने २ लाख ४० हजार ८ सय ४२ संक्रमित थपिए । यस्तै करिब एक महिनामा एक लाख संक्तमितको मृत्यु भएको टाइम्स अफ् इण्डियाले जनाएको छ ।

तीन साता यताको तथ्यांकमा भारतमा दैनिक ३ हजार ७ सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हने गरेको छ ।

यसैबीच दिल्लीमा लागु गरिएको लकडाउनको समयअवधि एक साता थप गरिएको छ भने राजस्थानमा आगामी जुन ८ सम्म लकडाउन कायमै रहने भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।एजेन्सी

 

तपाईको प्रतिक्रिया