अनलाइनविचार संवाददाता
गौरादह, ९ जेठ २०७८ । झापाको गौरादहमा आज १० वर्षिय बालक सहित १२ जना संक्रमित थपिएका छन् । कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै गौरादहमा संक्रमितको संख्या पनि प्रत्येक दिन बढ्दै गएको पाईएको हो । पीसीआर परिक्षणबाट २ र एन्टिजेन परीक्षणबाट १० जनाको गरि १२ जनाको रिपोर्ट पोजेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखाका सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
आज २४ जनाको रेपिड एन्टिजेन परिक्षण गरिएकोमा गौरादह-३ कि २ महिला, वडा नं. ४ कि १ महिला र २ पुरुष, वडा नं. ७ का ३ पुरुष र २ महिलामा संक्रमण पुष्टी भएको जनाइएको छ । संक्रमितहरु गौरादह नगरपालिका-१ का ७० वर्षिय पुरुष, वडा नं. २ कि ८४ वर्षिया महिला, वडा नं.३ कि ४१,६१ वर्षिया महिला, वडा नं. ४ कि ३० वर्षिया महिला र ७१, २० वर्षिय पुरुष, वडा नं. ७ का ३७,५०,१० वर्षिय पुरुष र ७८,४५ वर्षिया महिलामा गरि ६ महिला ६ पुरुष गरि १२ जनामा संक्रमण देखिएको जनाइएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ सय ६५ पुगेको जनाएको छ ।
यस्तै, कोरोना संक्रमित भई आज निको भएर ३ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ४३ पुगेको छ । यस्तै, गौरादह नगरपालिकाको आइसोलेसनमा १ महिला र ४ पुरुष गरि ५ जना संक्रमितका बिरामी रहेका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य रहेको छ ।
यस्तै, कोरोना संक्रमणबाट गौरादह-२ ठेगाना भएकी ८४ वर्षिया मेदी माया तामाङको कोशी कोभिड अस्पताल विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतक महिलाको स्थायी ठेगाना गौरादह-२ भएतापनि लामो समयदेखि ईटहरी उप-उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेको श्रेष्ठले बताउनुभयो । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको सह-संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






