गौरादह, ९ जेठ २०७८ । झापामा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । आज सबैभन्दा कममा संक्रमण पुष्टी भएको हो । जसमध्ये पीसीआर परीक्षणबाट २४ महिला र २६ पुरुष गरि ५० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १७ महिला र ३० पुरुषमा गरि ४७ जनामा संक्रमण देखिएसँगै ९७ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
आज पीसीआर परीक्षणबाट ९८ जना र एन्टिजेन परीक्षणबाट ८६ जना गरि १ सय ८४ जनाको परीक्षण गरिएको जनाइएको छ ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ११ महिला र ११ पुरुष, बिर्तामोडका १ महिला, गौरादहका १ पुरुषमा, मेचिनगरका १ महिला र १ पुरुष, भद्रपुरका ५ महिला र ६ पुरुष, हल्दिबारीका १ महिला, बुद्धशान्तिका १ महिला र १ पुरुष, गौरिगन्जका २ पुरुष, कमलका २ महिला, शिवसताक्षीका २ महिला र २ पुरुष, झापाका १ पुरुष, ठेगाना नखुलेको १ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ४ महिला र ४ पुरुष, मेचिनगरका ३ महिला र २ पुरुष, हल्दिबारीका ५ महिला र ७ पुरुष, बुद्धशान्तिका १ महिला र ३ पुरुष, बाह्रदशीका ४ महिला र १४ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार १ सय ८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १ सय ७ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार २ सय ७६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ५७ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणबाट आज गौरादहका १ सहित ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको जनाइएको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म १५ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ५ सय ४९ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४६ हजार ६५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।






