झापा,९ जेठ २०७८ । मुलुकभर आज ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ७ हजार ५ सय ९८ जना र एन्टिजेन परीक्षणबाट ३ सय १६ जना गरि ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको जनाइएको छ । एकैदिन ७ हजार ६ सय ६४ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ९१ हजार ३ सय ४८ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ९ सय ६५ जना र एन्टिजेन परिक्षणबाट ९ सय ६१ जना गरि कुल १९ हजार ९ सय २६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २९ लाख १६ हजार ४ सय ६८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख ७७ हजार १ सय ३४ जनाको र निजी बाट ११ लाख ३९ हजार ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ७३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १५ हजार ५ सय ४७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार १ सय ९८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ३ सय ४९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ७ सय २१ जना आइसियुमा र ४ सय ८४ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ९३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






