Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

काठ्माडौं, ९ जेठ २०७८ । नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान वीरगंज निवासी अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोरोना संक्रमणबाट निधन भएको प्रवक्ता तथा अर्थोपेडिक सर्जन डा। राज राणाले बताउँनुभयो ।

३३ बर्षिय डा. हुसेनलाई ८ दिन अघि एयर लिफट गरेर मेडिसिटीमा ल्याई उपचार थालिएको र थप जटिल समस्या बढेसँगै ४ दिनदेखि भेन्टिलेटरमा राखिएको प्रवक्ता राणाले बताउँनुभयो । डा.हुसेनलाई शरुमा वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार हुन नसकेपछि मेडिसिटी ल्याईएको हो ।

बीरगंजमा उपचार हुन नसस्नै भएकै कारण एयर लिफट गरेर मेडिसिटिको टीम नै गई वीरगन्जबाट ललितपुर ल्याई उपचार थालीएको डा। राणा बताउँनुहुन्छ । यहाँ ल्याउदा नै उहाँलाई अक्सिजनको मात्रा धेरै चाहिएको र सिभियर कोभिड निमोनिया भइसकेको थियो ।

डा.राणा भन्नुहुन्छ— बंगलादेशबाट एमबीबीएस गरेका डा.हुसेनले केही समयअघि मात्रै त्यहीबाट अर्थोपेडिकमा एमएस गरेर देशमै केही गर्छु भनेर फर्किएका थिए । कोरोना संक्रमणका कारण हामीले एउटा होनहार युवा चिकित्सक गुमाउनु पर्‍यो ।नेपाल समाचारपत्रबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments