Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

संविधान मिचेर जनविश्वासमा खड्ग चलायौ
खड्गप्रसाद!तिमी त अधिनायकवाद गनायौ।

व्यवस्थालाई नै फासीमा झुन्ड्याउन उद्दत छौ
जनताको बालुवाटारलाई नारायणहिटी बनायौ।

गणतन्त्रको प्रतीक आस्थाको हाम्रो त्यो धरोहर
षड्यन्त्र गरी सितल निवासको साख जलायौ ।

राष्ट्रवादको झुठो गायत्री मन्त्र कहाँ पुग्यो कमरेड ? 
निर्बस्त्र शक्ति आर्जन गर्न एमसिसी पो कन्यायौ।

अध्यायदेश रुपी निर्दलीय श्रीपेच नै न्यानो लाग्यो
त्यसैले त सदन खायौ, सामन्त गोएलको दैलो धायौ।

भोकको बिछ्यौनामा कोरोनाले आक्रान्त छ देश
कुरुप बादशाहको परिचयमा जनता माझ छायौ ।
डण्डिराज घिमिरे

तपाईको प्रतिक्रिया