Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, ८ जेठ २०७८ । झापामा आज २ सय ३४ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये पीसीआर परीक्षणबाट ८१ महिला र १ सय ३४ पुरुष गरि २ सय १५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ६ महिला र १३ पुरुषमा गरि १९ जनामा संक्रमण देखिएसँगै २ सय ३४ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

आज पीसीआर परीक्षणबाट ४ सय ५० जना र एन्टिजेन परीक्षणबाट २९ जना गरि ४ सय ७९ जनाको परीक्षण गरिएको जनाइएको छ ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ३४ महिला र ५३ पुरुष, बिर्तामोडका ११ महिला र २३ पुरुष, गौरादहका २ महिला र ३ पुरुषमा, मेचिनगरका २ महिला र १० पुरुष, भद्रपुरका ९ महिला र १५ पुरुष, कन्काईका ८ महिला र ७ पुरुष, हल्दिबारीका ३ महिला र ४ पुरुषमा, अर्जुनधारा ४ महिला र ८ पुरुषमा, बुद्धशान्तिका १ महिला र ३ पुरुष, गौरिगन्जका २ महिला र २ पुरुष, कमलका २ महिला र १ पुरुषमा, शिवसताक्षीका २ महिला र २ पुरुष, बाह्रदशीका १ महिला र ३ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ पुरुष, भद्रपुरका ५ महिला र ३ पुरुष, हल्दिबारीका १ पुरुषमा, कचनकवलका १ महिला र ६ पुरुष, कमलका २ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा १ सय ९ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार २ सय १८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय २३ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १ पुगेको जनाइएको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म १५ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ५ सय २ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४६ हजार १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments