Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

झापा,८ जेठ २०७८ । मुलुकभर आज ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टी हुँदा एकैदिन ८ हजार ८ सय ४८ निको भएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको जनाइएको छ । एकैदिन ८ हजार ८ सय ४८ जना हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ३ सय ५७ जना र एन्टिजेन परिक्षणबाट ७ सय ४८ जना गरि कुल २० हजार १ सय ५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २८ लाख ९७ हजार ३ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख ६५ हजार ३ सय ९ जनाको र निजी बाट ११ लाख ३२ हजार १ सय९४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ८६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १५ हजार ८ सय ६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ८ हजार १ सय ३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ७ सय ३२ जना आइसियुमा र ५ सय २३ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४५ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय २९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments