Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

गौरीगंज, ७ जेठ । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण र रोकथाम गर्न गौरीगंज गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ।गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले गाउँपालिकामा स्थापना गरिएको कोभिड नियन्त्रण कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको कार्यपालिका बैठकले कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद र पिसिआर परिक्षणमा खर्च गरिने जनाइएको छ। कोभिड नियन्त्रण कोषबाट अति विपन्न आर्थिक अवस्था कमजोर भएका परिवारको पीसीआर परिक्षणका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ।वैठकले २ लाख रुपैयाँ पीपीई, सेनिटाइजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले स्थापना गरेको १५ बेडको आइसोलेसन वार्डका लागि अक्सिजन सिलिण्डर खरिद गर्न १ लाख रुपैयाँ, क्वारेन्टाइन र आइसोलेसनमा बस्ने विरामीका लागि खाना, नास्ता, एम्बुलेन्स तथा सरसफाईका लागि २लाख रुपैयाँ र फ्रन्टलाइनमा रहेर कामगर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको योजना अधिकृत नारायण प्रसाद चंदराले जानकारी गराए।

वैठकले कोरोना भाइरसको महामारीबाट प्रभावित अति विपन्न परिवारलाई गाउँपालिका भरिका बढिमा १५० जना परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको छ।गौरीगंज गाउँपालिका भारतको बिहार राज्य सँग सिमना जोडिएकाले नागरिकलाई भाइरसबाट सुरक्षित राख्न सजगता अपनाइएको उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए।

लामो समयदेखि बितरण हुन नसकेको सामाजिक सुरक्षा भत्ता भने बैंक खुले लगतै वितरण गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दाहालले जानकारी गराए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments