Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, ७ जेठ २०७८ । झापामा आज २ सय ४५ जना कोरोना संक्रमणका बिरामी थपिएका छन् । ४ सय ५५ जनाको पीसीआर परीक्षणबाट र ३८ जनाको एन्टिजेन परीक्षणबाट गरि ४ सय ९३ जनाको परिक्षण गरिएको हो । जसमध्ये पीसीआर परीक्षणबाट १ सय ५ महिला र १ सय १२ पुरुष गरि २ सय १७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १० महिला र १८ पुरुषमा गरि २८ जनामा संक्रमण देखिएसँगै २ सय ४५ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका १७ महिला र १४ पुरुष, बिर्तामोडका १४ महिला र १३ पुरुष, गौरादहका १ महिला र १ पुरुषमा, मेचिनगरका १० महिला र ८ पुरुष, भद्रपुरका ६ महिला र ८ पुरुष, कन्काईका १५ महिला र १२ पुरुष, हल्दिबारीका २ पुरुषमा, अर्जुनधारा ९ महिला र १६ पुरुषमा, बुद्धशान्तिका १७ महिला र १६ पुरुष, गौरिगन्जका १ महिला, कचनकवलका १ पुरुषमा, कमलका ६ महिला र ८ पुरुषमा, शिवसताक्षीका १ महिला र ५ पुरुष, बाह्रदशीका २ महिला र १ पुरुषमा, झापाका १ महिला र १ पुरुष, अन्य ठेगाना नखुलेको ५ महिला र ६ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ पुरुष, गौरादहका ४ महिला र ८ पुरुष, मेचिनगरका २ महिला र ३ पुरुष, बुद्धशान्तिका १ महिलामा, शिवसताक्षीका १ पुरुषमा, झापाका ३ र ५ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा ६३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ५ हजार १ सय ९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय २२ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणबाट बुद्धशान्ति-४ का ४६ वर्षिय पुरुष र मेचीनगरका ५० वर्षिय पुरुष गरि २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको जनाइएको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ११ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म एन्टिजेन परिक्षणबाट ४ सय ८३ जनाको कोरोना पोजेटिभ पुष्टी भएको छ । यस्तै, हालसम्म ४५ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments