Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

अनलाइनविचार
गौरादह, ७ जेठ २०७८ । झापाको गौरादहमा आज ४ वर्षिया बालिका सहित ३ जनामा संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट २ र एन्टिजेन परीक्षणबाट १ जनाको गरि ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । आज संक्रमण पुष्टी भएकाहरु २ महिला र १ जना पुरुष रहेका छन् ।

संक्रमितहरु मध्ये गौरादह-१ डिपुचौक कि ४ वर्षिया बालिकाको गौरादह नगरपालिकाको स्वास्थ्य चौकीमा, वडा नं. ९ बैगुनधुराका ४३ वर्षिय पुरुषको कोटिहोममा, वडा नं. ६ दामुना कि २० वर्षिया महिलाको नोवेल अस्पताल विराटनगरमा परीक्षण गराउँदा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज ३ जना संक्रमित थपिए सँगै गौरादहमा दोस्रो भेरियन्ट देखा परेसँगै संक्रमित हुनेको संख्या १ सय ४७ पुगेको जनाइएको छ । कोरोना संक्रमित भई निको भएर डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । यस्तै, ९४ जना संक्रमित बिरामी होम आइसोलेसनमा रहेका छन् । २० जना हस्पिटलको आइसोलेसनमा बसेका छन् । यस्तै, क्वारेन्टाइनमा बसेका ८ जनाको आज डिस्चार्ज भएको जनाइएको छ । कोरोनाका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ सय ३६ जनाको स्वाब संकलन गरिएको जनाएको छ । गौरादह नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा ३५ बेड रहेको छ भने, १० वटा अक्सिजन रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments