Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, ६ जेठ २०७८ । सरकारले संघीय संसदको अधिवेशन जेठ ९ गतेदेखि आह्‍वान गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अधिवेशन आहवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको एक मन्त्रीले जानकारी दिनुभयो । ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई उहाँले धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया