Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

झापा, ६ जेठ २०७८ । दोस्रो लहरको कोरोना तिव्र रुपमा फैलिँदै गईरहेको भन्दै झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्यरात १२ बजेदेखी जेठ १४ गते मध्यरात १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

बैठकले सर्वसाधारणका लागि औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने, खाद्यान्न खरिदमा समस्या परेमा सम्बन्धित पालिका वा स्थानीय उद्योग वाणिज्य संघसँग समन्वय गरेर व्यवस्थापन गर्न सकिने निर्णय गरेको छ । यस्तै, नेपाल सरकारले तोकेको स्वास्थ्य, सुरक्षा, मापदण्ड र सामाजिक दुरीको अनिवार्य पालना गर्न आग्रह गरेको छ । हाट, बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने, कोभिड१९ को लक्षण देखिएमा स्थानीय तहको आइसोलेसन सेन्टरमा सम्पर्क गर्ने ।

कार्यालय सञ्चालन सम्बन्धमा अत्यावश्यक सेवा संचालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन संचालन गर्ने, सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९ देखि १० बजेसम्म तथा बेलुकी ५ देखि ६ बजेसम्म मात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने ।

अत्यावश्यक सेवा संचालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाउने । बैंक तथा वित्तीय संस्थाको सम्बन्धमा सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई न्युनतम कर्मचारीको उपस्थितिमा हप्तामा २ दिन आलोपालो मिलाई संचालन गर्ने, सहकारी संस्थाहरुले घर,पसल तथा समूहमा गई बचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गर्ने ।

पसल तथा व्यवसाय संचालन सम्बन्धमा औषधी र स्वास्थ्य सामाग्री, ईन्धन(पेट्रोलरडिजल स्टेसन, एल.पी ग्यास) बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने । मलखाद, बिउ बिजन, कुखुराका चल्ला, दाना, पशुपंक्षीका आहार सम्बन्धि पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालन गरी बिहान ११ देखि दिउँँसो १ बजेसम्म संचालन गर्न पाउने । हरियो तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ मासु तथा मासुजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ९ बजे भित्र घरघरमा होम डेलीभरी गर्न सकिने ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments