Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

अनलाइनविचार
गौरादह, ६ जेठ २०७८ । कोभिड-१९ को दोस्रो लहरको भेरियन्ट देखा परेसँगै झापाको गौरादहमा १ सय २० जना संक्रमित भएका छन् । संक्रमित मध्ये गौरादहमा अहिलेसम्म २६–४४ वर्ष उमेर समूहका व्यक्तिहरु अत्यधिक मात्रामा संक्रमित भएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार(हिंजो) सम्मको डाटा अनुसार २६–४४ वर्ष उमेर समूहका २० महिला र २८ पुरुष गरि ४८ जना संक्रमित भईसकेका छन् । यस्तै, सबैभन्दा थोरै ०–५ वर्ष उमेर समूहका १ महिला र ३ पुरुष गरि ४ जना संक्रमित भएका छन् । यस्तै, ४५–५९ वर्ष उमेर समूहका १३ महिला र १४ पुरुष गरि २७ जना, १५–२५ वर्ष उमेर समूहका १३ महिला र ११ पुरुष गरि २४ जना, ६० वर्ष माथि उमेर समूहका ८ महिला र ४ पुरुष गरि १२ जना, ६–१४ वर्ष उमेर समूहका १ महिला र ४ पुरुष गरि ५ जना संक्रमित भएका छन् ।

यस्तैगरि, हिंजो सम्मको डाटा अनुसार गौरादह नगरपालिका-१ का स्थानीयबासी सबैभन्दा बढि संक्रमित भएका छन् । गौरादह-१ का १६ महिला र १३ पुरुष गरि २९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । यस्तै, वडा नं. २ का ५ महिला र ११ पुरुष गरि १६ जना, वडा नं. ३ मा ७ महिला र ५ पुरुष गरि १२ जना, वडा नं. ४ का १२ महिला र १३ पुरुष गरि २५ जना, वडा नं. ५ का ११ महिला र ६ पुरुष गरि १७ जना, वडा नं. ६ का २ महिला र १ पुरुष गरि ३ जना, वडा नं. ७ का ४ महिला र ६ पुरुष गरि १० जना, वडा नं. ८ का ३ महिला र २ पुरुष गरि ५ जना, वडा नं. ९ का १ महिला र २ पुरुष संक्रमित भएका छन् । दोस्रो लहर फैलिएसँगै हिंजो सम्म ६१ महिला र ५९ पुरुष गरि १ सय २० जना संक्रमित भइसकेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments