Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

गौरादह, ५ जेठ २०७८ । झापामा आज थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये पीसीआर परीक्षणबाट १ सय २४ महिला र १ सय ५७ पुरुष गरि २ सय ८१ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ६ महिला र ९ पुरुषमा गरि १५ जनामा संक्रमण देखिएसँगै २ सय ९६ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका सबैभन्दा धेरै ४५ महिला र ४४ पुरुष, बिर्तामोडका २१ महिला र १९ पुरुष, गौरादहका ६ महिला र १ पुरुषमा, मेचिनगरका ८ महिला र २० पुरुष, भद्रपुरका ११ महिला र २१ पुरुष, कन्काईका ६ महिला र १२ पुरुष, हल्दिबारीका १ पुरुषमा, अर्जुनधारा ८ महिला र १६ पुरुषमा, बुद्धशान्तिका ८ महिला र १२ पुरुष, गौरिगन्जका १ महिला, कचनकवलका १ महिला र २ पुरुष, कमलका ३ पुरुषमा, शिवसताक्षीका ४ महिला र ४ पुरुष, बाह्रदशीका ५ महिला र १ पुरुषमा, झापाका १ पुरुष, अन्य ठेगाना नखुलेको १ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र २ पुरुष, मेचिनगरका २ महिला र २ पुरुष, कन्काईका १ महिला, हल्दिबारीका १ महिलामा, बाह्रदशीका १ पुरुषमा, झापाका १ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५ सय ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा ३९ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ९ सय ६३ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६५ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण भद्रपुर-२ र ६ का ३८, ५८ र ८४ वर्षिय पुरुषको, दमक-५ का ७८ वर्षिय पुरुष, अर्जुनधाराका-९ र १० का ५५ वर्षिया महिला, ६६ वर्षिय पुरुष, बिर्तामोड कि ९२ वर्षिया महिलाको गरि ७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८९ पुगेको जनाइएको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म १० जनाको मृत्यु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया