Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा,५ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको जनाइएको छ । एकैदिन ७ हजार ९ सय ८९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २१ हजार १ सय ३९ जना र एन्टिजेन परिक्षणबाट ७ सय ८ जना गरि कुल २१ हजार ८ सय ४७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २८ लाख ३४ हजार ९८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख २७ हजार ३ सय ९४ जनाको र निजी बाट ११ लाख ६ हजार ७ सय ४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ५४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १४ हजार ३ सय ५८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ६ हजार ९ सय ११ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ४ सय ४७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय १८ जना आइसियुमा र ३ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार २ सय ४६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५४ र निजी ३६ गरि ९० वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments