Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

रुपन्देही, ५ जेठ २०७८। रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा चौधरीको निधन भएको हो ।

तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाई पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो ।

१० दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचारार्रथ चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएपनि आज बिहान करिब ३ बजे निधन भएको अस्तालका प्रबक्ता डा। बिष्णु गौतमले जानकारी जानकारी दिनुभयो ।

तिलोत्तमा ५ मणिग्राम निवासी ६१ बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत थिए ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया