Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

गौरादह, ४ जेठ २०७८ । झापामा आज ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये पीसीआर परीक्षणबाट १ सय २८ महिला र १ सय ५९ पुरुष गरि २ सय ८७ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १० महिला र ६ पुरुषमा गरि १६ जनामा संक्रमण देखिएसँगै ३ सय ३ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ११ महिला र १४ पुरुष, बिर्तामोडका ३५ महिला र २७ पुरुष, गौरादहका १ पुरुषमा, मेचिनगरका २७ महिला र २५ पुरुष, भद्रपुरका १९ महिला र २५ पुरुष, कन्काईका १० महिला र १४ पुरुष, हल्दिबारीका ५ महिला र १० पुरुषमा, अर्जुनधारा ६ महिला र ११ पुरुषमा, बुद्धशान्तिका ४ महिला र ८ पुरुष, गौरिगन्जका ३ महिला र ५ पुरुषमा, कचनकवलका २ महिला र ५ पुरुष, कमलका १ महिला र २ पुरुषमा, शिवसताक्षीका २ महिला र ५ पुरुष, बाह्रदशीका १ पुरुषमा, झापाका १ पुरुष, अन्य ठेगाना नखुलेको ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट गौरादहका ४ महिलामा, बिर्तामोडका ३ महिला र २ पुरुष, कमलका १ महिलामा, बाह्रदशीका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ हजार २ सय २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा ५१ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ९ सय २४ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३२ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण भद्रपुर-४,६ का ७३ र ७१ वर्षिय पुरुष, दमक-५,८ कि ३५ र ६५ वर्षिया महिला, बिर्तामोड-६ का ७९ वर्षिय पुरुष, बुद्धशान्ति-७ का ४३ वर्षिय पुरुष, मेचिनगर-७ का ३५ वर्षिय पुरुष र कन्काई-३ कि ८८ वर्षिया महिला गरि ८ जनाको मृत्यु भएको छ । १ जना मृतक जिल्ला बाहिरको भएकोले कुल मृतक संख्यामा ७ जना संख्यालाई मात्र जोडिएको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको जनाइएको छ । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ९ जनाको मृत्यु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया