Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

झापा,४ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको जनाइएको छ । एकैदिन ६ हजार ८ सय ९१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार २ सय ८६ जना र एन्टिजेन परिक्षणबाट ६ सय ९३ जना गरि कुल २० हजार ९ सय ७९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २८ लाख १२ हजार ९ सय ५९ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख १४ हजार ९ सय ३० जनाको र निजी बाट १० लाख ९८ हजार २९ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ सय ५२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १४ हजार ५ सय २९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ७ हजार ८२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ४ सय ४७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ५ सय ९० जना आइसियुमा र ३ सय ९० जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ४१ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १६ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ९६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५३ र निजी ३६ गरि ८९ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया