Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

गौरादह, ३ जेठ । कुहिएको चामल प्रकरणका बारेमा उपभोक्ता हित संरक्षण मंच गौरादहले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । निषेधाज्ञाको बीच मंचले नगरप्रमुखलाई संबोधन गरेर सो ध्यानाकर्षण पत्र बिधुतीय माध्यमबाट आज हस्तान्तरण गरेको हो ।

मंचका अध्यक्ष डा.तिलक खनाल र सचिव गणेश कुमार अधिकारी द्वारा हस्ताक्षरित सो ध्यानाकर्षण पत्रले नगरपालिकाले खाद्यान्न भण्डारणमा चरम लापरवाही गरेको र खाद्यतत्व ह्रस भएको खाद्यान्न वितरण गरेर नागरिको स्वस्थ्यमा जोखिम बढाएको प्रति आपत्ति ब्यक्त गरिएको छ ।

नगरपालिकाको ध्यानाकर्षण गराउदै पाँच हजार केजी चामल कुहाउने र तीन हजार केजी सडेको चामल खाद्यगुणस्तरको ग्यारेण्टी नगरिकन नगरका बिपन्न परिवारलाई वितरण गर्ने दोषीलाई छानबिन गरी कारवाही गर्न जोडदार माग समेत गरिएको मंचका सचिव अधिकारीले बताए ।

गौरादह नगरपालिकाले गत बर्ष लकडाउनको समयमा राहत वितरण गर्न भनेर खरिद गरेको चमल वितरण गरेर बाँकी रहेको मध्ये पाँच हजार केजी कुहिएको र काम नलाग्ने अवस्थामा छ । सो चामल नगरपालिकाले सिद्धकाली साझा सहकारी गौरादहको चुहिने छानो भएको जिर्ण भवनमा चिसो भुइमा लापरवाहीपूर्ण तरिकाले भण्डारण गरेपछि चामल कुहिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

खाद्यतत्व नष्ट भएको खाद्यान्न नगरपालिकाले केही दिन अगाडि वितरण गरेको सूचना संचार माध्यमले प्रसारण गरेपछि र उपभोक्ताहरुको गुनासो आएपछि पत्रकार सहित मंचको टोलीले स्थलगत अनुगमन गर्दा उपभोक्तहरुले गरेको गुनासो सत्य भएको मंचले सो पत्रमा उल्लेख समेत गरेको छ । राहत लिने बिपन्न परिवारले चामल गन्हाएको चार पाँच पटक पखालेर पकाउदा पनि खान गाह्रो भएको बताएका तथा दाल समेत बिग्रीएको पाइएको अनुगमन टोलीका सहभागि चिरञ्जीवि घिमिरेले बताए ।

खाद्य गुणस्तर परीक्षण नगरी बितरण गरिएको दाल, चामल उपभोगबाट आइपर्ने संभावित मानव स्वास्थ्य समस्यालाई दृिष्टगत गरी उक्त वितरित सामाग्रीहरु सम्बन्धित परिवारबाट फिर्ता गरी गुणस्तरीय खाद्य वस्तु पुनः वितरण गर्न गराउन समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments