Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

गौरादह, ३ जेठ २०७८ । झापामा एकैदिन ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पीसीआर परीक्षणबाट १ सय ४० महिला र १ सय ८९ पुरुष गरि ३ सय २९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ९ महिला र १९ पुरुषमा गरि २८ जनामा संक्रमण देखिएसँगै ३ सय ५७ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ३५ महिला र ३५ पुरुष, बिर्तामोडका १८ महिला र १५ पुरुष, गौरादहका १ महिला र ४ पुरुषमा, मेचिनगरका ९ महिला र १५ पुरुष, भद्रपुरका २५ महिला र ५५ पुरुष, कन्काईका १३ महिला र ८ पुरुष, हल्दिबारीका १ महिला र १ पुरुषमा, अर्जुनधारा १२ महिला र १४ पुरुषमा, बुद्धशान्तिका ८ महिला र १२ पुरुष, गौरिगन्जका १ महिलामा, कचनकवलका २ महिला र २ पुरुष, कमलका १ महिला र ३ पुरुषमा, शिवसताक्षीका ९ महिला र १३ पुरुष, झापा १ महिला र १ पुरुष, अन्य ठेगाना नखुलेको ४ महिला र ९ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका २ पुरुष, मेचीनगरका ३ महिलामा, भद्रपुरका १ पुरुष, बुद्धशान्तिका १ पुरुषमा, कचनकवलमा १ पुरुष, बाह्रदशी २ महिला र ५ पुरुष, झापाका ४ महिला र ९ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ हजार ९ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा २६ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ८ सय ७३ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण अर्जुनधारा-६ का ५१ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ९ जनाको मृत्यु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments