झापा,३ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको जनाइएको छ । एकैदिन ५ हजार ७ सय ६७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ६ सय ५३ जना र एन्टिजेन परिक्षणबाट ४ सय ३४ जना गरि कुल २२ हजार ८७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २७ लाख ९२ हजार ६ सय ७३ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १७ लाख ३ हजार १ सय ३३ जनाको र निजी बाट १० लाख ८९ हजार ५ सय ४० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ सय ८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १३ हजार ४ सय ८० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ६ हजार ५ सय १० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ७० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार २ सय ५९ जना आइसियुमा र ४ सय जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार २ सय १४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५२ र निजी ३६ गरि ८८ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






