गौरादह, २ जेठ २०७८ । झापामा अरु दिनको तुलनामा कोरोना संक्रमितको संख्यामा केही कमी आएको छ । दोस्रो लहरको भेरियन्ट देखिएसँगै संक्रमितको संख्यामा लगातार वृद्धि हुँदै गर्दा आज भने ९९ जनामा मात्र संक्रमण देखिएको हो । जसमध्ये पीसीआर परीक्षणबाट २१ महिला र ४० पुरुष गरि ६१ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १६ महिला र २२ पुरुषमा गरि ३८ जनामा संक्रमण देखिएसँगै ९९ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ११ महिला र ८ पुरुष, बिर्तामोडका १ महिला र ६ पुरुष, मेचिनगरका ४ पुरुष, भद्रपुरका १ महिला र ३ पुरुष, कन्काईका १ पुरुष, हल्दिबारीका ३ महिला र ९ पुरुषमा, अर्जुनधारा २ महिला र १ पुरुषमा, कचनकवलका १ पुरुष, कमलका २ महिला र ५ पुरुषमा, शिवसताक्षीका १ महिला र २ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ३ महिला र २ पुरुष, मेचीनगरका ३ महिला र ३ पुरुष, भद्रपुरका १ पुरुषमा, हल्दिबारीका २ महिला र १० पुरुष, अर्जुनधाराका २ महिला र १ पुरुष, बुद्धशान्तिका १ पुरुषमा, गौरिगञ्जका ५ महिला र ३ पुरुष, शिवसताक्षीका १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ हजार ६ सय १६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ३५ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ८ सय ४७ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका कारण कमल-६ का ७८ वर्षिय पुरुष, मेचीनगर कि ८६ वर्षिया महिला र झापा-६कि ४५ वर्षिया महिला गरि ३ जनाको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ९ जनाको मृत्यु भएको जनाएको छ ।






