झापा,२ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परीक्षणबाट ५२ जना गरि ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।
आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ५५ हजार ७२ पुगेको जनाइएको छ । यस्तै, आज एकैदिन ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन् ।






