Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

झापा, २ जेठ २०७८। कोरोना सङ्क्रमणका कारण नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ ।

झापाको गौरादह-४ घर हुनुभएका ३४ वर्षिय कार्कीको उपचारका क्रममा शनिबार साँझ ८ः०० बजे निधन भएको हो ।

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया