गौरादह, १ जेठ २०७८ । झापामा एकैदिन थप १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पीसीआर परीक्षणबाट ७४ महिला र १ सय ३ पुरुष गरि १ सय ७८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ८ महिला र ११ पुरुषमा गरि १९ जनामा संक्रमण देखिएसँगै १ सय ९७ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका १२ महिला र १२ पुरुष, बिर्तामोडका १५ महिला र २१ पुरुष, गौरादहका १ पुरुषमा, मेचिनगरका ५ महिला र ३ पुरुष, भद्रपुरका ८ महिला र १५ पुरुष, कन्काईका ७ महिला र ८ पुरुष, हल्दिबारीका १ पुरुषमा, अर्जुनधारा ८ महिला र १४ पुरुषमा, बुद्धशान्तिका ३ महिला र ५ पुरुष, कचनकवलका २ पुरुष, कमलका १ महिला र ३ पुरुषमा, शिवसताक्षीका ३ महिला र ८ पुरुष, झापा १२ महिला र १० पुरुष, अन्य ठेगाना नखुलेको १ महिलामा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र २ पुरुष, गौरादहका २ महिला र १ पुरुष, मेचीनगरका ४ पुरुष, कन्काईका १ महिलामा, हल्दिबारीका ३ महिला र ४ पुरुष, झापाका १ महिलामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ हजार ५ सय ८८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा ५७ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ८ सय १२ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ६ सय १३ पुगेको जनाइएको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका कारण आज कसैको मृत्यु नभएको जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ८ जनाको मृत्यु भएको जनाएको छ ।






