झापा,१ जेठ २०७८ । देशभर पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको जनाइएको छ । एकैदिन ५ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ९ सय ७१ जना र एन्टिजेन परिक्षणबाट ५ सय ७७ जना गरि कुल १८ हजार ५ सय ४८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २७ लाख ५१ हजार ४ सय ८१ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख ८१ हजार ९ सय ५१ जनाको र निजी बाट १० लाख ६९ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ६ सय ७५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ९ हजार ७ सय ४० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख १ हजार ७ सय ७१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ४ सय ६७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ३ सय ३१ जना आइसियुमा र ३ सय ७० जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ८७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






