Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

काठमाडौं, १ जेठ १ २०७८ । मुलुकभर कोभिड संक्रमणका विरामी तीव्ररुपले बढ्दै गएर महामारीको रुप लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षसँग सामुहिक छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे छलफल तय गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो । सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा प्रतिवद्धता जनाउनुभएको थियो । सोही प्रद्धिवद्धता अनुरुप उहाँले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफलका आधारमा आवश्यक कार्ययोजना र कार्यनीति तय गर्ने तयारी गर्नुभएको प्रेस विज्ञ बजगाईंले बताउनुभयो ।

कोभिड संक्रमितहरुको उपचारका लागि अस्पतालमा शैया तथा अक्सिजन सिलिण्डर नपाएको गुनासो बढ्दै गएपछि सरकारले त्यसमा केन्द्रित भएर काम गर्ने तयारी गरेको छ । सरकारको क्षमताले भ्याएसम्म त्यसका लागि काम भइरहेको भए पनि थप योजना बनाएर जनताको जिउधनको रक्षार्थ सरकारले काम गर्ने तयारी गरेको प्रेस विज्ञ बजगाईंले बताउनुभयो । त्यही तयारीका लागि प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments