Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

मोरङ, १ जेठ २०७८ । विराटनगरमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा ८ जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो । विराटनगर-१० का ७७ वर्षीय पुरुष, विराटनगर-९ का ६७ वर्षीय पुरुष र उर्लाबारी नगरपालिका-७ की ५८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

यस्तै, विराटनगर महानगर-८ का ६४ वर्षीय पुरुष, विराटनगर-५ की ५२ वर्षीया महिला, विराटनगर-१ का ४५ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगर-२ की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यस्तै, सप्तरीको ५३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा.सुनिल देवले बताए ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments