Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

झापा, १ जेठ २०७८। झापाका अस्पतालमा कोभिड फोकल पर्सन तोकिएका छन् । कोभिडको उपचार समन्वय र अस्पतालमा आवश्यक सहजीकरणका लागि झापाका आठ अस्पतालमा फोकल पर्सन तोकिएका हुन् ।
झापाको मेची अस्पताल दुई जनालाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । डा.मनिष सुवेदी, मनोज पोखरेलले उक्त जिम्मेवारी पाएका हुन् ।
यस्तै, दमक कोभिड अस्पतालले देवी दंगाल, विएण्डसी अस्पतालमा प्रमिश गिरी, विर्ता सिटी विर्तामोडमा राधा सेठी, आम्दा दमकमा डा.प्रकाश शर्मा, सुमन कुमार नेपाल, एड्भान्स हस्पिटल दमकमा अनिता उप्रेती, लाइफलाइन अस्पताल दमकमा डम्बर मोते र निम्स अस्पताल दमकले डा.सुरेश यादवलाई कोभिड फोकल पर्सन तोकेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।टाईम्सअफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments