Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

गौरादह, ३१ वैशाख २०७८ । झापामा एकैदिन थप २ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पीसीआर परीक्षणबाट ८४ महिला र १ सय १५ पुरुष गरि १ सय ९९ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ७ महिला र ७ पुरुषमा गरि १४ जनामा संक्रमण देखिएसँगै २ सय १३ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका २० महिला र २४ पुरुष, बिर्तामोडका १६ महिला र १३ पुरुष, मेचिनगरका १५ महिला र २१ पुरुष, भद्रपुरका ४ महिला र १३ पुरुष, कन्काईका ९ महिला र ९ पुरुष, हल्दिबारीका ४ पुरुषमा, अर्जुनधारा ४ महिला र ११ पुरुषमा, बुद्धशान्तिका ८ महिला र ६ पुरुष, कचनकवलका २ महिला र ४ पुरुष, कमलका १ महिला र ३ पुरुषमा, शिवसताक्षीका ४ महिला र ५ पुरुष, झापामा १ महिलामा, अन्य ठेगाना नखुलेको २ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट गौरादहका १ महिला र २ पुरुष, बिर्तामोडका ३ महिला र १ पुरुष, मेचीनगरका १ महिल र २ पुरुष, भद्रपुरका १ पुरुष, हल्दिबारीका १ महिला, अर्जुनधाराका १ पुरुष र बाह्रदशीमा १ महिलामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ हजार ३ सय ८३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा २८ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ७ सय ५५ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ६५ पुगेको जनाइएको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण अर्जुनधारा का ५२ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७१ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ८ जनाको मृत्यु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments