झापा,३१ वैशाख २०७८ । देशभर पछिल्लो २४ घण्टामा ८ हजार ५ सय २० जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको जनाइएको छ । एकैदिन ६ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ९ सय ४८ जना र एन्टिजेन परिक्षणबाट ५ सय ३० जना गरि कुल २१ हजार ४ सय ७८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २७ लाख ३३ हजार ५ सय १० जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख ७१ हजार ९ सय २४ जनाको र निजी बाट १० लाख ६१ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५ सय १६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ७ हजार ३ सय ३६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९८ हजार ८ सय ६९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ४ सय ६७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ३ सय ३४ जना आइसियुमा र ३ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार २ सय ३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






