Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

काठमाडौं, ३१ वैशाख २०७८। काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयले लिए पनि चार दिनपछि पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नै जिम्मा दिएको छ । अक्सिजन सिलिण्डर वितरण प्रक्रिया कठिन भएको भन्दै सिसिएमसीले शुक्रबार (आज) देखि मन्त्रालयबाट वितरण हुने भन्दै सूचना जारी गरेको हो ।

सिसिएमसीले भने वैशाख २७ देखि २९ गते तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको थियो । अक्सिजन सिलिण्डर मागको आपुर्ती मन्त्रालयबाटै हुने गरी निर्णय गरेको सिसिएमसी सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन सिलिण्डरलाई बजारमा अभाव हुन नदिन भन्दै काठमाडौं उपत्यकाको लागि सिसिएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको थियो ।

सिलिण्डरको अभाव भएसँगै नेपाल प्रहरीको सहयोगमा बजार अनुगमन गरी भेटिएका खाली सिलिण्डर सङ्कलन गरी अस्पतालहरुलाई वितरण शुरु गरेको सिसिएमसीले जनाएको छ । थप व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले ५० हजार खाली सिलिण्डर विदेशबाट ल्याउने निर्णय गरेको छ । २० हजार सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने अनुसार ४०० वटा भने ल्याइसकेको छ ।गोरखापत्रबाट

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया