Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

गौरादह, ३० वैशाख २०७८ । झापामा आज थप २ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पीसीआर परीक्षणबाट ९९ महिला र १ सय ३३ पुरुष गरि २ सय ३२ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २३ महिला र २१ पुरुषमा गरि ४४ जनामा संक्रमण देखिएसँगै २ सय ७६ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा गौरादहका ४ महिला र ३ पुरुष, दमकका ३४ महिला र ५४ पुरुष, बिर्तामोडका २९ महिला र १७ पुरुष, मेचिनगरका ८ महिला र १६ पुरुष, भद्रपुरका ३ महिला र ४ पुरुष, कन्काईका २ महिला र १२ पुरुष, अर्जुनधारामा ४ महिला र ६ पुरुषमा, बुद्धशान्तिका ३ महिला र ५ पुरुष, गौरिगञ्जका १ पुरुषमा, कचनकवलका १ पुरुष, कमलका ४ महिला र ५ पुरुषमा, शिवसताक्षीका ६ महिला र ५ पुरुष, बाह्रदशीका २ महिला र २ पुरुष, झापाका ३ महिला र १ पुरुष र अन्य ठेगाना नखुलेको २ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ३ महिला र ३ पुरुष, कन्काईका ३ महिलामा, अर्जुनधाराका २ महिला र २ पुरुष, बुद्धशान्तिमा १ महिला, गौरिगञ्जमा १ महिला र १ पुरुष, शिवसताक्षीका २ महिला र १ पुरुष, बाह्रदशीका ३ महिला र ३ पुरुषमा, झापाका ६ महिला र ५ पुरुष, र अन्य १ पुरुषमा, ठेगाना नखुलेका २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७ हजार २ सय २० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, २४ घण्टामा ३३ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ७ सय २७ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३० पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट ३ सय ४९ रहेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका गौरिगञ्ज-६ का ७२ वर्षिय पुरुष, कन्काई-७ का ६० वर्षिय पुरुष, बिर्तामोड-४ का ९० वर्षिय पुरुष, मेचीनगर-६ र १० का ९० वर्षिया महिला, ६३ वर्षिय पुरुषको गरि ५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७० पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट कोरोना संक्रमण पुष्टी भएर हालसम्म ७ जनाको मृत्यु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments