Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

झापा,३० वैशाख २०७८ । देशभर पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको जनाइएको छ । एकैदिन ५ हजार ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ४ सय ७४ जना र एन्टिजेन परिक्षणबाट ७ सय ७१ जना गरि कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २७ लाख १२ हजार ५ सय ६२ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख ६० हजार ९ सय ६६ जनाको र निजी बाट १० लाख ५१ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ४ सय ९७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख ५ हजार २ सय ७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ९६ हजार ३ सय ७९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ८ सय २८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ३ सय ८१ जना आइसियुमा र ३ सय ८० जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ३३ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १८ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार २ सय १४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ४ हजार ४ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments