गौरिगन्ज,३० वैशाख २०७८ । झापाको गौरिगन्जमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । गौरिगन्ज-६ का ७२ वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
संक्रमित पुरुषमा अन्य स्वास्थ्य समस्या समेत भएकोले उपचारका सिलसिलामा कोरोना परिक्षण गरिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार उहाँको अन्य स्वास्थ्य समस्या पनि भएकोले उपचारकै क्रममा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उहाँलाई कोशी कोभिड अस्पतालमा राखिएको थियो ।
आज मात्रै उहाँको निधन भएको पारिवारले पुष्टि गर्नुभएको छ । यस अघिको पहिलो चरणको संक्रमणमा समेत सोही वडामा एक जनाको मृत्यु भएको थियो ।






