गौरादह, २९ वैशाख २०७८ । दोस्रो लहरको कोरोना देखिएसँगै झापामा एकैदिन ३ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पीसीआर परीक्षणबाट १ सय ६४ महिला र १ सय ६१ पुरुष गरि ३ सय २५ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २५ महिला र २१ पुरुषमा गरि ४६ जनामा संक्रमण देखिएसँगै ३ सय ७१ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा गौरादहका ८ महिला र ७ पुरुष, दमकका १२ महिला र १० पुरुष, बिर्तामोडका ४७ महिला र ३५ पुरुष, मेचिनगरका १४ महिला र १३ पुरुष, भद्रपुरका २१ महिला र ३५ पुरुष, कन्काईका १५ महिला र ९ पुरुष, हल्दिबारीका ४ महिला र ४ पुरुषमा, अर्जुनधारामा १३ महिला र २१ पुरुषमा, बुद्धशान्तिका १० महिला र ९ पुरुष, कचनकवलका २ महिला र ३ पुरुष, कमलका ७ महिला र ६ पुरुषमा, शिवसताक्षीका ३ महिला र ३ पुरुष, बाह्रदशीका १ महिला र ३ पुरुष, झापाका ३ महिला र १ पुरुष र अन्य ठेगाना नखुलेको ४ महिला र २ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट गौरादहका २ महिला र १ पुरुष, बिर्तामोडका २ महिला र ६ पुरुष, मेचिनगरका २ महिला र २ पुरुष, अर्जुनधाराका ११ महिला र ५ पुरुष, बुद्धशान्तिमा १ महिला, गौरिगञ्जमा ३ महिला र २ पुरुष, शिवसताक्षीका ३ महिला र ३ पुरुष, बाह्रदशीका १ पुरुषमा र अन्य १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ हजार ९ सय ९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, २४ घण्टामा १८ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ६ सय ९२ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ हजार १ सय ३९ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट ३ सय ५ रहेको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका भद्रपुर४ र ९ का ४९, ४८ वर्षिय पुरुष र ८८ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै मेचीनगर६ र १० का ६० वर्षिय पुरुष, ६३ वर्षिया महिलाको मृत्यु भएको छ भने, कचनकवल७ का ६० वर्षिय पुरुष र बिर्तामोड१ कि ५३ वर्षिया महिला गरि ७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ६५ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट हालसम्म ४ जनाको मृत्यु भएको जनाएको छ ।






