Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

अनलाइनविचार संवाददाता
गौरादह, २८ वैशाख २०७८ । तिव्र रुपमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट झापाको गौरादहमा थप एक जनाको मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट लगातार गौरादहमा २ जनाको ज्यान गएको हो ।

कोरोना भाइरस संक्रमणबाट गौरादह-२ नवाटोलीका ५५ वर्षिय राम बहादुर भुजेलको गएराति घरमा नै मृत्यु भएको गौरादहका कोभिड-१९ फोकल पर्सन पर्शुराम भट्टराइले जानकारी दिनुभयो । यसअघि २३ गते गौरादह-४ खाङटाकी ५० वर्षिया महिलाको पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो । हिंजो २७ गते गौरादह-४ कै ६६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ महिला र २ पुरुष गरि ३ पुगेको छ । कोरोना संक्रमण बाट नै गौरादहमा १ महिनाको अवधिमा ३ जनाको ज्यान गइसकेको छ ।

कोरोनाबाट मृत्यु भएका पुरुषको ८-१० दिन अघि दमक आम्दा अस्पतालमा सानो अपरेशन गरेर ल्याइएको गौरादह-२ का वडाध्यक्ष हेमन्त कार्कीले जानकारी दिनुभयो । यस्तै संक्रमित पुरुषको सम्पर्कमा आएका सबैको कन्टयाक्ट ट्रेसिङका आधारमा पहिचान गरि स्वाब संकलन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया