गौरादह, २७ वैशाख २०७८ । झापामा आज एकैदिन थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ७० महिला र ८१ पुरुष गरि १ सय ५१ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४ महिला र २ पुरुषमा गरि ६ जनामा संक्रमण देखिएसँगै १ सय ५७ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा गौरादहका ३ पुरुषमा, दमकका १६ महिला र १९ पुरुष, बिर्तामोडका ७ महिला र ८ पुरुष, मेचिनगरका ८ महिला र ५ पुरुष, भद्रपुरका ३० महिला र ३४ पुरुष, हल्दिबारीका २ पुरुषमा, अर्जुनधारामा १ महिलामा, बुद्धशान्तिका ३ महिला र १ पुरुष, कचनकवलका ७ पुरुष, कमलका ४ महिला र १ पुरुषमा, झापाका १ पुरुष र अन्य ठेगाना नखुलेको १ महिलामा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ४ महिला र २ पुरुष गरि ६ जनामा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ हजार ३ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ६ सय २१ डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय १३ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २ सय ३ रहेको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका गौरादह-४ का ६८ वर्षिय पुरुष, बिर्तामोड-६ कि ५० वर्षिया महिला, अर्जुनधारा-९ का ४३ वर्षिय पुरुष, शिवसताक्षी-१० का ८५ वर्षिय पुरुष र मेचिनगर-६ का ६० वर्षिय पुरुष गरि आज ५ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५५ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, एन्टिजेन परिक्षणबाट हालसम्म ४ जनाको मृत्यु भएको जनाएको छ । हालसम्म ४० हजार ४ सय ५७ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






