Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

झापा,२७ वैशाख २०७८ । देशभर आज एकैदिन थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ६ सय २३ जना र एन्टिजेन परिक्षणबाट ७ सय ८८ जना गरि कुल १८ हजार ४ सय ११ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २६ लाख ५२ हजार १ सय ३० जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख ३० हजार ४ सय ४९ जनाको र निजी बाट १० लाख २१ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ४ सय २७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ९३ हजार १ सय ४१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ८६ हजार ४ सय २६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ७ सय १५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ९ सय १० जना आइसियुमा र २ सय ९५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १७ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार १ सय ३९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ८ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया