Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

अनलाइनविचार संवाददाता
गौरादह, २७ वैशाख २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणका कारण  थप १ जनाको मृत्यु भएको छ । दोस्रो भेरियन्टको कोरोना फैलिएसँगै संक्रमितको संख्यामा वृद्धि हुनुका साथै गौरादहमा मृतकको संख्या पनि २ जना पुगेको छ । कोरोना संक्रमणका कारण गौरादह-४ मिलनचोक का ६६ वर्षिय चन्द्र उप्रेतीको सोमबार(आज)बिहान ९ः३० बजे दमकको एडभान्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको गौरादह नगरपालिका-४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिनुभयो । मृतक उप्रेती साविक महारानी झोडा वाड नं. १ को पूर्व वडा अध्यक्ष जनप्रतिनिधि समेत हुन् ।

यसअघि २३ गते गौरादह-४ खाङटाकी ५० वर्षिया महिलाको पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो । संक्रमित महिलाको सम्पर्कमा आएका कन्टयाक्ट ट्रेसिङका आधारमा ८३ जनाको पहिचान गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

कोरोना संक्रमणबाट आज मृत्यु हुने पुरुष बिराटनगरको प्रणामी मंदिर तथा प्रतिष्ठान संचालन समितिको नेतृत्व गर्दै मन्दिर आश्रममा बस्दैरहनु भएको र ४ दिन अघि मात्र गौरादह आउनुभएको वडाध्यक्ष कार्कीले बताउनुभएको छ । मृतक उप्रेती बिराटनगरमा रहँदा नै अस्वस्थ्य भएर आउनुभएको साथै रुघाखोकी ज्वरो जस्ता लक्षण देखापरेपछी दमकको एडभान्स हस्पिटलमा उपचारका लागि लगिएकोमा २५ गते ति पुरुषमा कोरोना संक्रमण पुष्टी भएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । मृतक पुरुषका ३ वटा छोरा र श्रीमतीमा कुनै पनि लक्षण नदेखिएको भएता पनि उहाँका सम्पर्कमा आएका सबैको कन्टयाक्ट ट्रेसिङका आधारमा पीसीआर परिक्षणको कार्य गरिने जनाइएको छ ।

यसैबीच, कोरोनाका कारण संक्रमित पुरुषको मृत्यु भएसँगै त्यस स्थानलाई सिल गरिने जनाइएको छ । कोरोना संक्रमण अन्यत्र फैलिन नदिन स्कुलचौनबाट गौरादह आउने बाटो उत्तर, पुरानो महारानीझोडाको १ नं. वडा सबै सिल गर्न विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गर्नसाथ सो स्थान सिल गरिने वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । मृतक पुरुषको आज नै कृष्णे खोलामा सेनाले दाहसंस्कार गरिने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments