Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

गौरादह, २६ वैशाख २०७८ । झापामा आईतबार एकैदिन थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५४ महिला र ६६ पुरुष गरि १ सय २० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १५ महिला र १७ पुरुषमा गरि ३२ जनामा संक्रमण देखिएसँगै १ सय ५२ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा गौरादहका १ महिला र २ पुरुष, दमकका २६ महिला र २९ पुरुष, बिर्तामोडका ३ पुरुष, मेचिनगरका १० महिला र १० पुरुष, भद्रपुरका ५ महिला र ६ पुरुष, अर्जुनधाराका ३ महिला र ७ पुरुष, बुद्धशान्तिका २ महिलामा, कचनकवलका १ महिलामा, कमलका १ महिला र ५ पुरुषमा, शिवसताक्षीका ३ महिलामा, बाह्रदशीका २ महिला र अन्य ४ पुरुषमा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका ५ महिला र ४ पुरुष, मेचिनगरका ४ पुरुषमा, अर्जुनधाराका ४ महिला र १ पुरुष, बाह्रदशीका ६ महिला र ८ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ हजार २ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ६ सय डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८६ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट १ सय ९७ रहेको छ ।

यस्तै, झापामा कोरोना संक्रमणका कारण शिवसताक्षी-९ का ७७ वर्षिय पुरुषको र एन्टिजेन परीक्षण बाट कोरोना पुष्टी भएका बिर्तामोड-८ का ६५ वर्षिय पुरुष गरि २ जनाको मृत्यु भएको जनाइएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, एन्टिजेन परिक्षणबाट हालसम्म २ जनाको मृत्यु भएको जनाएको छ । हालसम्म ४० हजार २ सय ९२ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments