Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

झापा,२६ वैशाख २०७८ । देशभर आज एकैदिन थप ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ८ हजार ७ सय ७७ र एन्टिजेन परिक्षणबाट ७३ जनामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ७ सय ८७ जना र एन्टिजेन परिक्षणबाट ६ सय जना गरि कुल १९ हजार ३ सय ८७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २६ लाख ३४ हजार ५ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख २२ हजार ५ सय ३१ जनाको र निजी बाट १० लाख ११ हजार ९ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ४ सय १९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ८८ हजार १ सय ६० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ८१ हजार ४ सय ३० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ३० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ८ सय ३२ जना आइसियुमा र २ सय ६७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २६ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आइतबार ५२ जनाको मृत्यु भएको छ । मन्त्रालयले विभिन्न समयमा थप २६ जनाको पनि मृत्यु भएको भनी कुल मृतकमा थपेर ८८ जना बनाएको छ ।

यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments