Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

झापा,२५ वैशाख २०७८ । देशभर आज एकैदिन थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ८ हजार २ सय ८७ र एन्टिजेन परिक्षणबाट १ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ३ सय १५ जना र एन्टिजेन परिक्षणबाट ९ सय ८९ जना गरि कुल १८ हजार ३ सय ४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २६ लाख १५ हजार ७ सय २० जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १६ लाख १४ हजार ५ सय ६ जनाको र निजी बाट १० लाख १ हजार २ सय १४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ सय ९८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ८३ हजार ४ सय ९३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ७८ हजार १८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार ४ सय ७५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ७ सय ५८ जना आइसियुमा र २ सय ३१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेप्लान्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा ५३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments