Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

काठमाडौं, १७ वैशाख २०७८। कोभिड-१९ को संक्रमण नेपालमा हाल निकै उच्च गतिमा फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको जनाएको हो।

मन्त्रालयले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले कोभिड संक्रमण तीव्र भएकाले अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नरहेको पनि जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाउँदै यस अवस्थामा सबैजना संवेदनशील बनिदिन अनुरोध समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments