Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

एजेन्सी, १० कात्तिक । पाकिस्तानले सबै भारतीय टेलिभिजन च्यानलहरु आफ्नो देशमा नचल्ने गरी बन्द गरिदिएको छ ।

पाकिस्तानको उच्च अदालतले केही समय पहिला त्यहाँको अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो । भारतीयहरुले आफ्नो देशमा ठूलो परिणाममा पानी पठाएर विपद् निम्त्याउन भारत हुँदै पाकिस्तान जाने नदीमा ड्याम बनाएको र जवाफमा सबै भारतीय टेलिभिजन च्यानलहरु बन्द गरिएको पाकिस्तानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सकिब निसरले बताएका छन् ।

पाकिस्तानले भारतीयहरुले ड्याम अस्त्रको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन् भने भारतले पाकिस्तानको त्यस्तो आरोप अस्विकार गरेको छ । भारतीय टेलिभिजन च्यानल र फिल्महरु पाकिस्तानमा चर्चित रहेका छन् तर पाकिस्तानले बढ्दो तनावकाबीच टेलिभिजन च्यानल र फिल्महरुमा प्रतिबन्ध गरेको छ । पाकिस्तानको ८० प्रतिशतभन्दा बढी भू–भागमा भारत हुँदै पाकिस्तान जाने नदीको पानीबाट सिंचाइ गर्ने गरिन्छ ।

भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानले सन् १९६५ मा सबैभन्दा पहिले भारतीय फिल्महरुमा प्रतिबन्ध लगाएको थियो । सन् २००८ मा प्रतिबन्ध फुकुवा गरिएको थियो तर फेरि पछि प्रतिबन्ध लगाएको थियो ।

सन् २०१६ मा जब भारतीयर पाकिस्तानबीच कश्मीरमा युद्ध चलेपछि पाकिस्तानले पुनः सबै रेडियो तथा टेलिभिजन च्यानलहरुमा प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया