Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

पाँचथर, १० कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फुटबल खेलमा खेलाडीले गम्भीर फल्ट गरे रेफ्रीले कार्ड दिने गरेको भन्दै शर्माले यस सरकारले पनि देश र जनताको पक्षमा काम गर्न नसके जनताले रेड कार्ड दिने उल्लेख गरे ।’ सरकार जनविरोधी भए जनताबाट ’रेड कार्ड’ पाउने बताएका छन्।

मुलुकले संविधान पाएको र चुनाव पनि गर्नुपर्ने नभएको बेला सरकारको सम्पूर्ण ध्यान समृद्धिमा केन्द्रीत हुनु पर्नेमा उल्टै जनविरोधी भएर प्रस्तुत भए जनताबाट रेडकार्ड पाएर बाहिरिनु पर्ने बताए।

चाहे कांग्रेसको सन्दर्भमा होस्, चाहे कम्युनिष्टको सन्दर्भमा होस्,मुलुकलाई अग्रगतिमा लिएर जाने बाहेक अर्को साझा सपना छैन।

राजनीति आफ्नै ठाउँमा छ’ उनले भने, ‘देश बनाउने अभियानमा सत्ता पक्ष होस् या चाहे प्रतिपक्ष,मुलुकको समृद्धिमा सँगसँगै हुनुपर्छ।’ समृद्ध मुलुक बनाउने अभियानमा राजनीतिक आग्रहलाई त्यागेर अघि बढ्नुको विकल्प पनि नरहेको बताए। उनले कांग्रेस प्रतिपक्षी दल रहँदै गर्दा नबिन उदाहरण प्रस्तुत गरेको बताए।

‘राजनीतिमा प्रतिष्पर्धा हुन्छ, तिक्तता हुन्छ। तर कोही कसैका दुष्मनी होइनौँ।अनि विरोधी पनि होइनौँ।’ उनले भने, ‘हाम्रो दुष्मनी यहाँको गरिवीसँग छ,बाटो नभएको ठाउँहरुसँग छ। विकटतासँग छ। भोगसँग छ र पानी नपाएका गाउँहरूसँग छ।’ फरक प्रसंगमा उनले खेलकुद क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने पनि उल्लेख गरे।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments