Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

शान्ति सुब्बा
गौरादह, ७ वैशाख २०७८ । झापाको गौरादहमा मेयर/उपमेयर स्वरोजगार कार्यक्रम अन्तरगत उद्यमीहरुका लागि १ दिवसीय उद्यमशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार गौरादह-१ को माछापुच्छ«े होटलमा कार्यक्रम सम्पन्न भएको हो । गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रममा २७ जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्यमी महिलाहरुका लागि उनिहरुको जिविको पार्जन, आर्थिक स्तर कसरी उकास्न सकिन्छ, उनीहरुलाई स्वरोजगार तथा रोजगार कसरी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाहरु बिच छलफल र अन्तरक्रिया गरिएको थियो । त्यस अवसरमा गौरादह नगरपालिका का नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले गरिब र सीमान्तकृत वर्गका महिलाहरुलाई स्वरोजगार कार्यक्रम अन्तरगत रोजगारी सिर्जना गर्ने कुरामा जोड दिनुभयो ।

यस्तै, उद्यमी महिलाहरु जसले जुत्ता चप्पल बनाउने, ढाकाको सारी बनाउने, तान बुन्ने, सिलाई कटाई, डल कुसन बनाउने, दालमोठ भुजीया बनाउने, अचार बनाउने लगायत उनिहरुको आफ्नो उद्यमले सिपले उत्पादन गरेका विभिन्न सामग्रीहरुलाई एउटा ठाउँमा जम्मा गरेर राख्ने र ति सामग्रीहरुलाई त्यहि स्थानबाट बिक्रि वितरण गर्ने उद्देश्यले कोशेली घर छिटै नै सञ्चालनमा आउने नगरप्रमुख शाहले बताउनुभयो ।

यस्तै, त्यसअवसरमा कार्यक्रमको अध्यक्षता गर्नु भएकी गौरादह नगरपालिका उप प्रमुख गीता भेट्वालले मेयर/उपमेयर स्वरोजगार कार्यक्रम अन्तरगत नगरपालिकाको सहयोगबाट जो–जो उद्यमी बनेका छन् जो उद्यमी बन्न खोज्दैछन् उनिहरुको सिपलाई माथि उकास्न, महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका लागि लागि १ दिवसीय उद्यमशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रम  गरिएको बताउनुभयो ।

मेयर/उपमेयर स्वरोजगार कार्यक्रमका लागि नगरसभाले नै २० लाख वजेट छुट्याएको उपप्रमुख भेट्वालले जानकारी दिनुभयो । यस्तै, उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रालयबाट सपोर्ट सामग्रीहरुका लागि २४ लाख ६० हजार अनुदान रकम प्राप्त भएको उपप्रमुख भेट्वालले जानकारी दिनुभयो । महिलाहरुलाई दक्ष बनाउन, क्षमतावान बनाउन, उनिहरुको सिपको विकास गर्नका लागि साथै भोलिका दिनमा आफुुसँग सिप हुँदा हुँदै पनि आर्थिक अवस्था न्यून भएका, जसले आफैले उत्पादन गर्न नसक्ने त्यस्ता ठाउँहरुमा साथ दिनका लागि पनि यस कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको उपप्रमुख भेट्वालले बताउनुभयो ।

जो उद्यमी महिलाहरु हुनुहुन्छ उहाँहरुको सिप अनुसारको एडभान्स तालिम दिने व्यवस्था, सपोर्ट सामग्रीहरु दिने, ढाकाका सामग्री यहीँबाट उत्पादन गर्ने व्यवस्था गरिने बताउनुभयो । यस्तै, ढाकाको सारी ढाकाबाट बन्ने अन्य सामग्री उत्पादन गर्नका लागि तानको आवश्यकता पर्ने भएकोले अब तान लगाउनका लागि अन्यत्र जाने कष्टबाट मुक्त पार्न तान बनाउन ठेक्का दिइसकेको र तानलाई पनि गौरादहमा नै ल्याउने व्यवस्था गरिरहेको बताउनुहँदै अन्यत्र ठाउँतिर गएर तान लगाउने समस्या निर्मुल गर्दै ढाकामय गौरादहको रुपमा पहिचान बनाउने उपप्रमुख भेट्वालले बताउनुभयो । जसका लागि तान लगाउनका लागि ३ जना जनशक्ति आवश्यक पर्ने भएकोले ति जनशक्तिलाई दमकमा एडभान्स कोर्षको तालिम दिने तयारी रहेको बताउनुभयो ।

यस्तै, छिटै नै कोशेली घरको व्यवस्थापन गरि उद्यमी महिलाहरुले उत्पादन गरेका ति सामग्रीहरुलाई कोशेली घरमा भेला गरि बिक्रि वितरण गर्ने व्यवस्था गरिने बताउनुभयो । यस्तै अन्तरक्रिया कार्यक्रममा उपस्थित उद्यमी महिलाहरुले माग र सिप अनुसारको जति पनि सामग्री उत्पादन गर्न सकिने तर त्यस्को लागि आफूलाई चाहिने कच्चा पदार्थ, सपोर्ट सामग्री लगायतको व्यवस्था गर्नुपर्ने र मूख्य कुरा आफुले दुख गरेर बनाएका सामग्रीहरुको बिक्रि वितरणको लागि बजार व्यवस्थापन गरिदिनुपर्ने माग गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य लिला कट्टेल कार्की, लक्ष्मी बाह्रकोटी प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए । यस्तै, कार्यक्रममा कार्यपालिका सदस्य देवि माया श्रेष्ठ, जलवर्षा राजवंशि, अम्बिका भण्डारी लगायत उद्यमी महिलाहरुको उपस्थिती रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया